निकुञ्जमा घाँस काट्न गएकी महिलाको बाघको आक्रमणबाट मृ`त्यु

चितवनमा बाघको आक्रमणबाट एक महिलाको मृ`त्यु भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जभित्र घाँस काट्न गएकी पूर्वी चितवनको राप्ती नगरपालिका–१ की ५५ वर्षीय सोतीमाया तामाङलाई आज दिउँसो करिब ४ बजेको समयमा बाघले आक्रमण गरेको हो ।
बाघको आक्रमणबाट तामाङको घटनास्थलमा नै मृ`त्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।
बाघले आ`क्रमण गरेको घ`टनाको जानकारी आएपछि अस्थायी प्रहरी पोष्ट लोथर र ईलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी टोली घ`टनास्थलमा खटिएको थियो ।
टोलीले लास जाँच तथा मुचुल्का तयार गर्ने लगायतको अ`नुसन्धानको काम गरिरहेको अधिकारीले बताए ।