चट्याङ लागेर एक जनाको निधन, सुतेकै अवस्थामा २ जना मृत फेला




सिरहामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । जिल्लाको धनगढीमाई नगरपालिका १३ भाल्टरका ४० वर्षीय बुद्ध बहादुर तामाङको चट्याङका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

घरमै बसिरहेका उनको आज हावाहुरी र पानीसँगै परेको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले बताए ।

 




चट्याङ लागेर बेहास भएका उनलाई उपचारको लागि आरके मेरीसीटी अस्पताल ल्याए पनि अस्पतालले तत्काल मृत घोषणा गरेको थियो । त्यसैगरी, मिर्चैया नगरपालिका ९ देउरालीका ५६ कुमलाल योञ्जन पनि चट्याङ लागेर घाइते भएका छन् ।

 

 दुई जना मृत फेला

 

लुम्बिनी प्रदेशमा दुई जना मृत फेला परेका छन् । लुम्बिनीका पाल्पा र बाँकेमा गरी दुई जना मृत फेला परेकाे प्रहरीले जनाएको छ ।

 

पाल्पाको निस्दी गाउँपालिका–४ दर्घा घर भएका ४९ वर्षीय कोष बहादुर खाम्चा सुतेकै ठाउँमा बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१ रानाचोक बस्ने २९ वर्षीय सुरज रेग्मी आफू सुत्ने कोठामै बुधबार मृत अवस्थामा फेला परेका छन् । दुबै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...