पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध


 



वर्षासँगै खसेको पहिराका कारण नारायणगढ– मुग्लिन सडक अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण गए रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

 




बिहीबार बिहानैदेखि पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास भइरहेको अधिकारीले बताए ।

पहिराकै कारण मुग्लिन–नौबिसे सडक पनि अवरुद्ध भएको छ ।

 

इच्छाकामना–४ स्थित नाग्दीखोलामा बुधबार राति पहिरो खसेका कारण सडक दुईतर्फी अवरुद्ध भएको प्रवक्ता अधिकारीले जानकारी दिए ।



सम्बन्धित
Loading...