चितवनमा रोकिराखेको ट्रकमा ठोक्कियो स्कारपियो , ५ जना घाइते


 



चितवनको रत्ननगरमा रोकिराखेको ट्रकमा स्कारपियो ठोक्किएको छ । बिहिबार विहान ४ः२० बजे रत्ननगर नगरपालिका ३ बेल्सी पुल नजिक विग्रेर रोकिराखेको ना ६ ख ५७१९ नम्वरको ट्रकमा बाराबाट काठमाडौं जाँदै गरेको भारतीय नम्बर प्लेट विआर ०५ पिए ९९७४ नम्बरको स्कारपियो ठोक्किएको हो ।

 

दुर्घटनामा स्कारपियोमा सवार पाँच जना घाइते भएका छन् ।

 

घाइते हुनेमा स्कारपियो चालक बारा कलैया उपमहानगरपालिका १ बस्ने ४२ बर्षिय राजिव कुमार कुर्मी,स्कारपियोमा सवार सोही ठाँउका रामबाबु शाह,सोही ठाँउका ६१ बर्षिय महमद बाबु खान,४० बर्षिय शिलादेवि शाह र बारा महागढीमाई नागरपालिका १० का ३२ बर्षिय रामजी प्रसाद शाह रहेका छन् ।

 

उनिहरु सबैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । दुवै सवारीसाधन इलाका प्रहरी कार्यालय टाँडीका नियन्त्रणमा रहेको छ ।

 



सम्बन्धित
Loading...