नारायणगढ मुग्लिङ्ग सडक खण्डमा सवारी संचालनमा आयो

नारायणगढ मुग्लिङ्ग सडक खण्डमा सवारी संचालनमा आयो
भरतपुर , २६ जेष्ठ ।
चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा खसेको पहिरो पन्छाउने काम सकिए संगै दुई तर्फी रुपमा यातायात संचालनमा आएको छ ।
पहिरो खसेपछि बुधबार रातिदेखि नारायणगढ–मुग्लिन सडक दुईतर्फी रूपमा नै अवरूद्ध थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले अहिले सडक संचालना आएपनि पानी परिरहेको र विभिन्न ठाउँमा पहिरो खसिरहेको भन्दै सुरक्षित भएर यात्रा गर्न अनुरोध गरेका छन् ।