चितवनमा बसको ठक्करबाट सहचालकको मृत्यु

चितवन । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाको मौवाखोला नजिकै आज बिहान बसले ठक्कर दिंदा एकजना सहचालकको मृत्यु भएको छ ।
काठमाण्डौबाट भारतको सिलगढीतर्फ जाँदै गरेको बा ५ ख ७८४३ नम्बरको (नेपाल-भारत मैत्री) बसको ठक्करबाट सोही बसका सहचालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सुनसरी झुम्का बस्ने २३ वर्षका जनक दाहाल रहेका छन् । दाहालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको शव पोष्टमार्टमको लागि भरतपुरस्थित सरकारी अस्पताल ल्याइएको प्रहरीले जानकारी दिएको छ । बस र चालक इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा रहेको प्रहरीको भनाइ छ ।
सानिमा बैंकले ल्यायो ‘ग्रीन पिन’
सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि ग्रीन पिन ल्याएको छ । ग्रीन पिन कार्डका लागि बनाइएको कागजविहीन पिन हो । ग्राहकहरुले बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा एस्.एम्.एस्.द्वारा पाएको कोडबाट आफ्नो डेबिट/क्रेडिट कार्डको पिन परिवर्तन गर्न सक्नेछन् ।
उक्त कोड पाएको २४ घन्टाभित्र नजिकैको सानिमा बैंकको ए.टि.एम् मा गएर पिन परिवर्तन गर्नुपर्ने छ । ग्रीन पिनको मुख्य उद्देश्य कागजी पिनलाई निरुत्साहित गर्न र डिजिटल बैंकिङ्गलाई अझ सहज, सुरक्षित र सुबिधाजनक बनाउनु हो ।
सानिमा बैंकको देशको सातै प्रदेशमा १२६ बाट कार्यालय तथा ११७ वटा ए.टि.एम् संचालनमा रहेका छन् ।