पहिरोले मुग्लिन-नारायणगढ सडक अवरुद्ध




चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको तोपे खोला र नाम्ची खोलामा पहिरो खसेको छ । पहिरोका कारण सडक अवरुद्ध भएको छ ।

 

नारायणगढ–मुग्लिनमा ठाउँठाउँमा सुख्खा पहिरो खसेपछि सडक सुचारु गराउने चितवनका एसपी राजमार्गमा पुगेका छन् ।

 




सड्क सुचारु गर्न आवश्यक मेसिनरी र प्राविधिकको सहयोगमा सडक सुचारु गर्ने प्रयास भइरहेको चितवनका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।

 

‘ठाउँ ठाउँमा पहिरो खसिरहेको छ’ एसपी अधिकारीले रातोपाटीसँग भने–‘पहिरो पन्छाउँदै सवारी साधन सुचारु गरिरहेका छौं ।’

 

बिहान ९ बजे इछाकामना गाउँपालिका–६ तोपेखोला नजिकै खसेको पहिरो हटाउने प्रयास भइरहेको छ ।

 



सम्बन्धित
Loading...