अनिल ह`त्याको महिनादिन पछि भाइ सहित तीन जना प`क्राउ


 



भरतपुर–१२ का अनिल परियार (कान)को हत्यामा संलग्न आरोपमा ३ युवालाई चितवन प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको छ । पक्राउ परेकामध्ये राहुल परियार भनिने व्यक्ति अनिलको भाइ पर्छन् । नाताले भाइ रहेको प्रहरीले पुष्टि गरेको छ ।

 




२४ गते पक्राउ गरी २५ गते जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान थालिएको चितवन प्रहरी प्रवक्ता डिएसपी नरहरि अधिकारीले जनाएका छन् । घटनामा अरु व्यक्तिको पनि संलग्नता रहेको र उनीहरुको खोजी भइरहेको अधिकारीको भनाइ छ ।

 

प्रहरीले यस घटनाको अनुसन्धानका लागि जनशक्तिको व्यापक प्रयोग गरेको छ, तर भनेजस्तो नतिजा भने हात पार्न सकेको छैन ।पक्राउ परेकाहरुको अनिल परियारसँगको सम्बन्ध, आरोपितको पृष्ठभूमि, आफैँ परिचालित रहेको वा अरुबाट परिचालित भएको के हो भनी अनुसन्धान गरेर छिटै टुङ्गोमा पुग्ने प्रहरीको भनाइ छ ।

 

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं–१५ बस्ने वर्ष ३५ को विश्व भन्ने हेमन्त बास्तोला, भरतपुर महानगरपालिका वडा नं–१२ बस्ने वर्ष २३ को राहुल पारियार र माडी नगरपालिका घर भई हाल भरतपुर–१५ मा डेरा गरी बस्ने वर्ष २५ को रोहित सिलवाल रहेका छन् ।

 

बास्तोला काठमाडौँबाट पक्राउ परेका हुन् भने परियार र सिलवाल चितवनबाट पक्राउ परेका हुन् । परिवारले दिएको किटानी जाहेरीका आधारमा उनीहरु पक्राउ परेको प्रहरीको भनाइ छ ।

 

एकातर्फ बोधो र एकातर्फ तिखो धार रहेको चक्कुले छातीदेखि पेटको भागसम्म ३० पटक प्रहार गरिएको पोस्टमार्टम रिपोर्टबाट खुलेको छ । घटनास्थलमा २ वटा गोलीका खोकासमेत भेटिएको प्रहरीले बताएको थियो ।

 

तर, अनिलको हत्यामा गोली प्रयोग नभएको पोस्टमार्टमका क्रममा पाइएको छ । चक्कु प्रहारको स्थिति हेर्दा निकै क्रूर तरिकाले उनको हत्या भएको देखिन्छ ।

 

हत्यासम्बन्धमा अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) चितवन आएको छ । यसै घटना बुझ्न प्रहरीको बागमती प्रदेशबाट पनि एउटा टोली खटिएको छ । चितवन प्रहरी पनि लागिपरेको छ ।
हत्यामा अजय सिंह भन्ने भारतीय नागरिकको संलग्नता रहेको भनी प्रहरीले खोजी थालेको थियो ।

 

अनिलले नै साथीभाइबीच चिनाउँदा अजय सिंह भएको र घर भारत भएको भनी चिनाएकाले आफूहरुले त्यसै सूचनालाई आधार मानी अनुसन्धान गरिरहेको प्रवक्ता अधिकारीले जानकारी दिए ।

 



सम्बन्धित
Loading...