चितवनमा बसको ठक्करबाट एक जनाको मृत्यु


 



चितवनको ईच्छाकामना गाउँपालिका–३ मौवाखोला नजिकै आज बिहान बसको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

 




मृत्यु हुनेमा सुनसरीको झुम्काका अन्दाजी २३ वर्षीय जनक दाहाल रहेका छन् ।

 

काठमाण्डौबाट भारतको सिलगढीतर्फ जाँदै गरेको बा ५ ख ७८४३ नम्बरको बसले सोही बसका परिचालक दाहाललाई आज बिहान ४ बजे ठक्कर दिएको थियो ।

 

बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



सम्बन्धित
Loading...