पहिरो झर्दा पुन: मुग्लिङ्ग नारायण सडक फेरि अबरोध

चितवन ईच्छाकामना गा.पा ६ तोपे खोलामा पहिरो झर्दा मुग्लिङ् नारायणगढ सडक अवरुद्ध बनेको छ ।
साझको अविरल बर्षाको कारण माथीबाट पहिरो झर्दा पुन: बाटो दुबै तर्फि अबरोध भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।
बर्षातको कारण तत्काल पहिरो पन्छाउन नसकिने प्रहरी प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए ।
आँबुखैरेनी–मुग्लिन सडक खण्ड भोलि बिहानसम्म बन्द हुने
काठमाडौं– पृथ्वी राजमार्ग अन्तरगत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म बन्द हुने भएको छ ।
आँबुखैरेनी–४ पावर हाउसनजिक बिहान सडक भासिएपछि अवरुद्ध भएको सो सडकखण्ड मर्मतका लागि बेलुका ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म बन्द गरिएको हो ।
बिहान सडक भासिएपछि सो ठाउँमा साना सवारीसाधन मात्रै सञ्चालन भएका थिए । सडक भासिएको ठाउँमा भित्तापट्टी सडक खन्न थालिएको छ ।
डेढ/दुई मिटर भित्ता खनेर सडक सञ्चालन गर्न काम भइरहेको सडक डिभिजन कार्यालय दमौलीका प्रमुख लक्ष्मी केसीले जानकारी दिए ।
सडक भासिएर सो ठाउँबाट कार र मोटरसाइकल खस्दा दुई जनाको मृत्यु भएको छ ।