नवलपुरको जंगलमा भेटियो मानव कंकाल

रामकुमार श्रेष्ठ
नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिका १० को जंगलमा मानव कंकाल भेटिएको छ ।
गाउँदेखि केही परेको जंगलमा पुरुषको जस्तो देखिने मानव कंकाल फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार देवचुली नगरपालिका वडा नं. १० नजिकैको जंगलमा मानव विहीबार दिउँसो मानव कंकाल भेटिएको हो ।
उक्त मानव कंकाल पुरुषको जस्तो देखिएको र थप अनुसन्धानका लागि शव मध्यविन्दु जिल्ला अस्पताल ल्याइएको तिवारीले बताए ।