कावासोती नगरपालिकामा तलब दिएर राजनीतिक सल्लाहाकार राखेको भन्दै विरोध





कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा नगर प्रमुख विष्णु भुसालको राजनीतिक सल्लाहाकार र कानुनी सल्लाहाकारका रुपमा राखेका व्यक्तिहरुलाई तलब दिइएको भन्दै त्यसको व्यापक विरोध भएको छ ।

नगर प्रमुख भुसालले राजनीतिक सल्लाहाकारको रुपमा गत असारदेखि रामकृष्ण ढुंगानालाई नियुक्ति गरेको छ । उनलाई अधिकृतको सरह मासिक ४३ हजार रुपैया तलब प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।


त्यसैगरी ३ जना अधिवक्ताहरुलाई नगरपालिकाले कानुनी सल्लाहाकारको रुपमा नियुक्ति गरेको छ । उनीहरुलाई पनि तबल तोकिएको बताइएको छ ।

नगर प्रमुख विष्णु भुसाल नेकपा एमालेबाट नगरप्रमुखमा निर्वाचित भएका हुन् । उनको यो कदमको नेकपा एमाले भित्रैबाट पनि चर्को आलोचना भएको छ ।

यसैबीच सचेतना समाज नेपाल नामक कावासोतीका युवाहरुको समूहले कावासोती नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेमार्फत नगरप्रमुख विष्णु भुसाललाई ज्ञापन पत्र बुझाउँदै देशमा आर्थिक मन्दी लागिरहेको बेला सल्लाहाकारहरुलाई पारिश्रमिक दिने निर्णय तत्काल बदर गर्न माग गरेको छ ।



सम्बन्धित
Loading...