कतारमा दुर्घटनाको फोटो खिच्नेलाई १० हजार रियाल जरिवाना र जेल सजाय



काठमाडौं । कतारमा दुर्घटनाको फोटो खिच्नेलाई १० हजार रियाल जरिवाना र जेल सजाय हुने भएको छ। कतारको गृह मन्त्रालयले दुर्घटनाको फोटो खिच्नेलाई १० हजार रियाल जरिवाना र जेल सजाय हुने जनाएको छ। मन्त्रालयका अनुसार अनाधिकृत रुपमा दुर्घटनाको फोटो खिच्नु गोपनीयता कानूनको उल्लङ्घन हुने भन्दै फोटो नखिच्न चेतावनी दिएको छ

अनाधिकृत अवस्थामा ट्राफिक दुर्घटनाहरूको फोटो खिच्दा अरूको गोपनीयता उल्लङ्घन हुन्छ र कानुनी नतिजा निम्त्याउन सक्छ, गृह मन्त्रालय (एमओआई) ले बिहीबार सामाजिक सञ्जालमा पोस्ट गर्दै चेतावनी दिएको छ ।



मन्त्रालयले दण्ड संहिताको धारा ३३३ लाई उद्धृत गरेको छ जसमा “कसैले कसैको व्यक्तिगत जीवनमा गैरकानूनी रूपमा घुसपैठ गर्ने व्यक्तिलाई दुई वर्षसम्म कैद र/वा १० हजार भन्दा बढी जरिवानाको सजाय हुनेछ। “

कतारको कानुन अनुसार कसैको व्यक्तिगत फोटो वा दुर्घटनाका फोटो सेयर गर्न नपाइने प्रावधान छ । दुर्घटनाका फोटो खिचेर सेयर गरेमा एकदेखि दुईबर्षसम्मको सजाय र दशहजार रियाल जरीवाना लाग्ने छ ।


सम्बन्धित
Loading...