मकाउ पठाइदिन्छु भन्दै २० लाख ठगी गर्ने पक्राउ
काठमाडौं । मकाउ पठाईदिन्छु भनी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मकाउ पठाइदिन्छु भन्दै २० लाख ८५ हजार रूपैयाँ ठगी गरेको अभियोगमा सोलुखुम्बु दुधकोशी गाउँपालिका ४ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका ११ कपन बस्ने ३४ वर्षीय सन्तोष गुरूङलाई प्रहरीले पक्राउ गरेको हो ।
गुरूङले १० जनालाई वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई मकाउ पठाईदिन्छु भन्दै पीडितहरूबाट उक्त रकम ठगी गरेको खुल्न आएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका ११ कपनबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
https://www.youtube.com/watch?v=jKN6mIgFip0