प्रधानमन्त्रीले विश्वासको मत, पक्षमा १ सय ५७ मत
प्रधानमन्त्री प्रचण्डले चौथो पटक आज पुन विश्वासको मत लिएका छन् । उनको पक्षमा १ सय ५७ मत परेको थियो भने विश्वासको मतमा भाग लिन्न भन्नेमा १ मत र विपक्षमा शून्य मत परेको थियो ।
काँग्रेसका नाराबाजी र अबरोधका बीच प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन् ।
सहकारी पीडितलाई न्याय दे भन्दै नाराबाजी गरेका काँग्रेसका सांसदहरुले भने मतदान प्रक्रियामा भाग लिएनन ।
प्रधानमन्त्री प्रचण्डले विश्वासका मत माँगिरहँदा काँग्रेसले नाराबाजी गरेपछि काँग्रेससँग प्रधानमन्त्री प्रचण्ड रुष्ट भएका थिए । उनले काँग्रेसले यसको ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिए साथै उनले आजको काँग्रेसको गतिविधिलाई इतिहासमै कलंक भनेर संख्या समेत दिएका थिए ।