एमालेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, एमालेका मन्त्रीहरुले दिए सामुहिक राजिनामा





प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारलाई दिएको समर्थन नेकपा एमालेले फिर्ता लिएको छ ।

यो सँगै एमालेबाट सरकारमा रहेको मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सामुहिक रुपमा राजिनामा समेत बुझाएका छन् । बुधबार साँझ बालुवाटार पुगेर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा पत्र बुझाएको मन्त्री ज्वालाकुमारी साहले जानकारी दिइन् ।


यो सँगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ । सरकार अल्पमतमा परे पनि प्रचण्डले प्रधानमन्त्रीबाट राजिनामा नदिने जनाएका छन् ।

नेकपा माओवादी केन्द्रको हिजो बसेको वैठकले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने निर्णय गरेको थियो । दाहालले राष्ट्रपतिलाई भेटेर आफूले ३० दिन भित्र विश्वासको मत लिने पनि जानकारी समेत गराएका थिए ।

एमालेले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।



सम्बन्धित
Loading...