नवलपरासीमा माईक्रोबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
नवलपरासी । पश्चिम नवलपरासीमा माइक्रो बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार सुनवल ७ ज्यामिरे चोकमा पूर्व पश्चिम राजमागैमा लु १ ख ८४५३ नम्बरको माइक्रोबसले लु ७९ प ९१४० नम्बरको मोटरसाइकललाई आज साँझ ठक्कर दिएको हो ।
दुर्घटनामा परी मोटरसाइकल चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका १० निवासी ३२ बर्षीय ऋषि लम्तरीको निधन भएको हो । उनको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ ।
त्यसैगरी दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार २९ बर्षीय विवेक गुरुङ गम्भीर घाइते भएका छन् ।
उनको भलुही मेडिक कलेज रुपन्देहीमा उपचारको लागि पठाइएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने माइक्रोबस र चालक प्रहरी नियन्त्रणमा रहेको छ ।