कावासोतीबाट १५ बर्षीय बालक ३ दिनदेखि वेपत्ता




नवलपुर । नवलपुरको कावासोती १३ बुढौलीकुनाबाट १५ बर्षीय बालक प्रविन महतो वेपत्ता भएका छन् ।

कावासोती १३ बुढौलीकुना निवासी १५ बर्षीय प्रविन महतो २१ गते विहान ३ बजे घरबाट कोही कसैलाई जानकारी नगराई आफू खुसी हिडेको र अहिलेसम्म वेपत्ता रहेको पारिवारिक स्रोतलाई उद्दृत गर्दै जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।



प्रहरी नायव उपरीक्षक जेसी शाहका अनुसार बालकको हुलिया रातो टिसट, निलो रङको ज्याकेट र जिन्स पाइन्ट लगाएको टाउकोमा काटेको दाग रहेको जनाइएको छ ।

प्रहरी र आफन्तले बालकको खोजी गर्न सबैलाई आग्रह गरेका छन् ।


सम्बन्धित
Loading...