रास्वपा कावासोतीमा मोहन बस्नेतको नेतृत्वमा नयाँ समिति चयन




कावासोती । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कावासोतीको नगर अधिवेशनले मोहन वस्नेतको नेतृत्वमा नयाँ नगर समिति चयन गरेको छ ।

सभापति पदमा ३ जनाको उम्मेदवारी परेको थियो भने अन्य पदमा सर्वसम्मत नेतृत्व चयन भएको थियो ।

सभापति पदमा मोहन बस्नेतले १ सय १२ मत, मेगप्रसाद पराजुलीले ८९ मत र समिर लामिछानेले जम्मा ९ मत प्राप्त गरेका थिए ।

३ सय १ जना प्रतिनिधिहरु रहेकोमा सभापति पदका लागि भएको निर्वाचनमा २ सय ११ मत खसेको थियो भने १ मत बदर भएको थियो ।

त्यसैगरी उपसभापतिमा अनिता सुवेदी कोईराला, सचिवमा निराजन गौतम, सहसचिवमा गोपाल रावल, सदस्यमा माया घर्ति, अमृत देवकोटा, गीता श्रेष्ठ, नवराज गोतामे, बाबुराम रानाभाट, गोविन्द श्रेष्ठ, सन्तुकुमारी ढकाल, र विक्रम भट्टराई र्निविरोध रुपमा चयन भएका थिए ।


सम्बन्धित
Loading...