राजावादीहरु अपराधिक तत्वको रुपमा नाङ्गिएको प्रचण्डको दावी
रामकुमार श्रेष्ठ –
नवलपुर । नयाँ बर्षको अवसर पारेर माओवादी केन्द्रको तराई मधेष जागरण अभियान पुन नवलपुरको गैडाकोटबाट शुरु गरेको छ ।
अभियानका लागि हिजो चितवन आइपुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज गैडाकोट आइपुगेका हुन् ।
उनले गैडाकोटमा माओवादी कार्यकर्ताहरुलाई सम्बोद्धन गर्दै नयाँ बर्षको अवसर पारेर गैडाकोटबाट अभियान पुन शुरु गर्न पाउँदा खुसी लागेको बताए ।
उनले तिन कुनेको प्रदर्शन पछि राजावादीहरु अपराधिक तत्वको रुपमा नाङ्गिएको माओवादी केन्द्र अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दावी गरेका छन् ।
उनले माओवादी केन्द्रले राजनीतिक हस्तक्षेप नगरेको भए ठूलो राजनीतिक दुर्घटना हुने अवस्था देखिएपछि काठमाडौंमा जनप्रदर्शन गरेको पनि दावी गरे ।
एकैदिन भएको समाजवादी मोर्चा र राजावादीहरुको प्रदर्शनले राजावादी कस्ता हुन्छन र गणतन्त्रवादीहरु कस्ता हुन्छन भनेर पुष्टि गरेको पनि उनले जिकिर गरे ।
आफूहरुको प्रदर्शनले गणतन्त्रवादीहरु लोकतन्त्र प्रति उत्तरदायी छ भन्ने पुष्टि भएको बताउँदै पूर्वप्रधानमन्त्री प्रचण्डेले मधेष जागरण अभियानले माओवादी प्रति जनताको भरोशा बढेको बताए ।
उनले आफ्नो माओवादी मात्रै परिवर्तनशिल पार्टी भएको बताउँदै माओवादी प्रति जनताको भरोसा रहेको बताए ।
माओवादी अध्यक्ष प्रचण्डले भोलि गैडाकोट, रजहर, कावासोती लगायतका स्थानमा सम्बोद्धन गर्ने कार्यक्रम रहेको छ भने कावासोतीमा माओवादी केन्द्रले नवलपुर केन्द्रित सभा गर्ने भएको छ ।
पूर्व पश्चिम हुलाकी लोकमार्ग केन्द्रीत जनतासँग माओवादी तराई मधेस जागरण अभियान नयाँ वर्ष २०८२ सालको पहिलो दिन बैशाख १ गते बाट पुनः सुभारम्भ भएको माओवादी केन्द्रले जनाएको छ ।
सोहि अनुसार पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पूर्व पश्चिम हुलाकी लोकमार्ग केन्द्रीत जनतासँग माओवादी तराई मधेस जागरण अभियान टिम अन्तर्गत नवलपुरको गैडाकोट आइपुगेका हुन् ।
अभियान टिमलाई नवलपुरको गैडाकोटमा भव्य स्वागत गरिएको थियो । अध्यक्ष प्रचण्ड लगायतका नेताहरू आज र भोलि नवलपुरमै रहने जनाइएको छ ।