प्रयाप्त पाठ्य पुस्तक नवलपुर आइपुग्यो
नवलपुर ।
नयाँ शैक्षिक सत्र शुरु हुनु पूर्व नवलपुर जिल्लामा आवश्यक पुस्तक नवलपुर जिल्ला आइपुगेको शिक्षा विकास तथा समन्वय ईकाई कार्यालय नवलपुरले जनाएको छ ।
शिक्षा विकास तथा समन्वय ईकाई कार्यालय नवलपुरका प्रमुख दिपेन्द्रराज श्रेष्ठले नवलपुरमा आवश्यक पर्ने कक्षा १ देखि कक्षा १२ सम्मको सबै पुस्तक आएको बताएका हुन् ।
उनले पुस्तक पसलहरुमा पनि अनुगमन गरेको बताए । नवलपुरमा कक्षा १ देखि १२ कक्षासम्म अध्ययन गर्ने १ लाख भन्दा बढी विद्यार्थी रहेको छन् ।
यता आज २०८२ सालको बैशाख १ गते, आजबाट नयाँ शैक्षिक सत्र हुनु पर्ने हो तर नवलपुरका सामुदायिक विद्यालयहरुमा अझै २०८१ को बार्षिक परीक्षाफलको परीक्षा प्रकाशन हुन सकेको छैन ।
जसले गर्दा नवलपुर जिल्लामा शैक्षिक सत्रको शुरुवात समेत प्रभावित भएको छ । देश भरका शिक्षकहरु विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।