सरकारले गभर्नर नियुक्तिमा ढिलाई गरेर संविधान मिच्योः डा. शेखर कोइराला




नवलपुर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले गभर्नर नियुक्तिमा ढिलाई गरेर संविधान मिचेको आरोप लगाएका छन् ।

नवलपुरको कावासोतीमा नेपाल प्रेस युनियन नवलपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।



हाल नेपाललाई गभर्नर नियुक्ति आवश्यक रहेको बताउँदै सरकारले नियुक्तिमा ढिलाई गरेको बताए । नेपाल सरकारको गर्भनरले अवकास पाउनु भन्दा १ महिना अघि सिफारीस समिति गठन गर्न पर्ने तर २ महिना पुग्दा पनि गर्भनर नियुक्ति गर्न नसकेर संविधान मिचेको उनको तर्क थियो ।

उनले अहिलेको सरकार संविधान परिमार्जन वा पुनरावलोकन, दण्डहिनताको अन्त्य, सुशासन, आर्थिक उन्नतिका लागि गठन भएको भएपनि त्यसो गर्न नसकेको बताए ।

उनले यो सरकार बाध्यताको सरकार भएको बताए । उनले विश्वमा कही कतै दुई ठूला दल मिलेर सरकार बनाएको इतिहास नभएको बताउँदै यो बाध्यताको सरकार भएको बताएका हुन् । उनले तेस्रो ठूलो दललाई सरकारको नेतृत्व भने दिन नहुने जिकिर गरे । पहिला ठूलो वा दोस्रो ठूलो दल मध्ये एउटा दलले सरकारको नेतृत्व गर्नु पर्ने र अर्को दल प्रतिपक्षमा बस्नु पर्नेमा उनका तर्फ छ ।

उनले काँग्रेसको महाधिवेशनको मिति सार्ने कुरा आफूलाई स्वीकार्य नहुने पनि बताए ।

नेपाली काँग्रेस निकट नेपाल थारु संघ नवलपुरको प्रथम जिल्ला अधिवेशनमा सहभागी हुन नवलपुर आइपुगेका भएको बेला प्रेस युनियन नवलपुरको आयोजनामा कावासोतीमा पत्रकार भेटघाट गरेको थियो ।


सम्बन्धित
Loading...