गजल




जनक पान्डेय “प्रेमिल”

बालिका बलात्कृत हुन्छे आँखा अगाडि देखिन्छ
दोषी हराउँछ देखिदैन, बाकी त्यो झाडी देखिन्छ




देश विकासका नारा लगाउँदै हिड्नेबाट होसियार
विकास गर्छु भन्ने तिनै पुरानै गफाडी देखिन्छ

सरकार ढुक्कले बस्छ रेमिट्यान्समा वृद्धि भन्दै
उता जवान मर्ने चर्को घामसँगै खाडी देखिन्छ

गाउमा मर्नै लाग्दा हस्पिटल जान डोको र पिठ्यु छ
नेता भने उता रुघा लाग्दा चिल्लो गाडी देखिन्छ

बिचरा गरिब ति जनतालाई लाज ढाक्न मुस्किल
राष्ट्रपतिको भने महंगा नाइलनका साडी देखिन्छ

जनता दुखी, नेता सुखी भएको देश पो यो त
बाच्नै गारो यहाँ, पहिरो कहिले बाढी देखिन्छ

सम्पत्ति भने पछि तिनै नेत्र खुल्ने समाज पो रैछ
थाहा नपाए हेर्नु भ्रट्राचारी कि त जुवाडी देखिन्छ

सुनवल ११ नवलपरासी



सम्बन्धित
Loading...