बुंदीकाली ५ मा वडाअध्यक्ष चयनका लागि मतदान हुँदै, तीन जना उम्मेदवार चुनावी मैदानमा




नवलपरासी । पूर्वी नवलपरासीको बुंदीकाली गाउँपालिका वडा नं. ५ मा आज वडाअध्यक्षका लागि मतदान हुँदै छ ।

यहाँ नेकपा, नेपाली काँग्रेस र समाजवादी पार्टीले वडाअध्यक्षका लागि उम्मदेवारी दिएको छ । यहाँ ८ सय ५३ जना मतदाता रहेका छन् । विहान सात बजेदेखि नै मतदान शुरु भएर साँझ ५ बजेदेखि चल्ने छ । 




यहाँ एउटा मतदान केन्द्र रहेको छ । मतदान सकिए लगतै बुंदीकाली गाउँपालिकाको कार्यालय रहेको स्थानमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना हुने बताइएको छ । 

वडाध्यक्ष पदका लागि नेकपाबाट खिमबहादुर थापा खरु मगर, नेपाली काँग्रेसबाट तलबहादुर राना अनिल र समाजवादी पार्टीबाट पितमबहादुर राना मगरले उमदेवारी दिएका हुन् ।

स्थानीय तहका लागि रिक्त पदमा मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बुधबार मनोनयन दर्ता समय तोकिएको थियो । बुंदीकाली ५ मा वडाध्यक्ष दलबहादुर खरु मगरको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

मतदान स्थल र मतदान हुने वडामा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर कार्कीले बताए । 

 

उपनिर्वाचन २०७६: बुंदीकाली ५ मा वडा अध्यक्ष पदका लागि ३ जनाको उम्मेदवारी

 



सम्बन्धित
Loading...