यौन सम्बन्धको दबाबले धेरै चलचित्र छाडेकी नरगिस


मुम्बई । बलिउड अभिनेत्री नरगिस फाखरीले बलिउडमा चलचित्र निर्देशकले भनेको नमान्दा अहिलेसम्म आफूले फिल्ममा शीर्ष भूमिका पाउन नसकेको बताएकी छन् ।



उनले पछिल्लो समय बलिउडमा राम्रा ब्यानरका फिल्म पाएकी छैनन् । केही समयदेखि अभिनेत्री फाखरी फुर्सदमा छिन् ।




एक अन्तर्वार्तामा उनले बलिउडमा हुने कास्टिङ क्राउचकै कारण आफू पछि परेको बताएकी छन् । उनले आफूसँग भएको कास्टिङ क्राउचको घटनाको पनि खुलासा गरेकी छन् ।

बलिउडमा केही पूर्वपोर्न स्टाहरूको प्रवेशले निर्माता निर्देशक उनीहरूप्रति ढल्किएको अभिनेत्री नरगिसको गुनासो छ । पूर्वपोर्न स्टारका लागि यौनसम्बन्ध सामान्य हुने भएकाले पनि निर्माता निर्देशकले उनीहरूलाई फिल्ममा लिने गरेको पनि यी अभिनेत्रीको गुनासो छ ।

अभिनेत्री नरगिस फाखरीले फिल्म रक स्टारबाट बलिउडमा डेब्यु गरेकी थिइन् । सो फिल्ममा उनी अभिनेता रणवीर कपुरकी नायिका भएकी थिइन् । त्यसपछि आफूलाई थुप्रै फिल्ममा मुख्य नायिकाको प्रस्ताव आए पनि चलचित्र निर्माताले कि निर्देशकले आफूसँग यौन सम्बन्धका लागि दबाब दिएका कारण फिल्म खेल्न अस्वीकार गर्नुपरेको फाखरीले बताएकी छन् ।

‘मैले छाडेको केही चलचित्र हिट पनि भए । मैले शारीरिक सम्बन्ध पूरा गर्न नसकेरै छाडेका ती चलचित्रमा जोडिएका नायिकाले निर्माता निर्देशकलाई खुसी पारे या पारेनन्, त्यो म भन्न सक्दिनँ,’ उनले भनिन् ।

निर्माता निर्देशकको यस्तो मागलाई आफूलाई वास्तै नगरेको र फिल्मप्रति पनि चासो नदेखाएको फाखरीको कथन छ ।

आफूलाई निरन्तर चलचित्र पाउने भोकले नसताएको र परिवारको फिल्म क्षेत्रसँग राम्रो सम्बन्ध भएका कारण पनि आफ्नो अभिनयको खुबीका कारण केही चलचित्रमा भूमिका पाएको पनि फाखरीले बताएकी छन् । उनी आउँदा दिनमा पनि चलचित्रका लागि शारीरिक सम्बन्धमा सम्झौता गर्ने पक्षमा नभएको बताउँछिन् ।



सम्बन्धित
Loading...