गजल
- सदादन्न अभागी

संसारमा नोट कोट र भोट
यिनले निम्त्याउँछन् बिस्फोट
सबै लाग्ने नोट कमाउन
हो नोटले निम्त्याउँछ चोट
यी नेताजीको तबै खुशी हुन्छन्
चुनाऊ जित्ने पुग्छन् नोट
उजुरी पर्ने अदालतमा
वहस गर्छ ती कालाकोट
बदनामी हुन्छन् आसेपासे
नेता खाने मख्खन् लेपी रोट