मजदुरको कथामा छोटो फिल्म ‘मे वान’


काठमाडौं । छोटो फिल्म ‘मे वान’ सार्वजनिक भएको छ । अन्तराष्ट्रिय मजदुर दिवसको अवसर पारेर फिल्म सार्वजनिक गरिएको हो ।

श्रमिकहरुको हक अधिकार सुनिश्चित होस्, श्रमको कदर होस् भन्ने सन्देश बोकेको यो फिल्ममा सरकारले गरेको लकडाउनको समय मारमा रहेका मजदुरको कथा समेत समेटिएको छ ।

लागू गरेको लकडाउनका समयमा सबैभन्दा बढी मारमा परेका श्रमिकहरुको कथा समावेश छ । साथै मजदुरको पीडा उठाउने सञ्चारकर्मी स्वयम् नै पीडामा रहेको फिल्मले देखाउँछ ।

पुरुषोत्तम बस्नेतको निर्देशन रहेको फिल्ममा दीपज्योती थापा, अनितजंग पाण्डे, विराज दुलाल, भोला सुवेदीलगायतको अभिनय रहेको छ ।

कपिल खड्का र भोला सुवेदीको छायाँकन रहेको फिल्म ‘मे वान’मा अनिलकुमार महर्जनको सम्पादन,नेसन मिडिया ग्रुप प्रालीको निर्माण छ ।



सम्बन्धित
Loading...