बाबु र छोरा दुबैसँग अनस्क्रिन रोमान्स गर्ने बलिउड अभिनेत्रीहरु




फिल्मीवृत्तमा चलेको एउटा मान्यता छ, हिरोइनहरुको आयु (अवधी) छोटो हुन्छ । अर्थात फिल्मी दुनियाँमा उनीहरुको चमक–दमक लामो समय कायम रहँदैन । बलिउडले यसको उदाहरण पनि पेश गर्छ । जस्तो, सलमान खान अहिले पनि उत्तिकै चल्तापूर्जा अभिनेतामा गनिन्छन् । जबकी करियरको पूर्वाद्धमा उनीसँग अभिनय गरेका थुप्रै अभिनेत्री लाखापाखा लागिसके । आमिर खानको कुरा गरौं वा शाहरुख खानको, उनीहरुले करियर सुरुवातमा जे–जति अभिनेत्रीसँग काम गरे ति अभिनेत्रीहरु अहिले दृश्यपटलबाट ओझेल भइसकेका छन् ।

तर, बलिउडमै यस्त अभिनेत्रीहरु पनि छन् जसले लामो समय पर्दामा आफ्नो पकड कायम राखे । कतिसम्म भने जुन अभिनेतासँग उनीहरुले अनस्क्रिन रोमान्स गरेका थिए, उनकै छोरा पुस्तासँग पनि रोमान्स गर्न भ्याए ।




माधुरी दीक्षित

माधुरी दीक्षित ९० को दशककी यस्ती अभिनेत्री हुन्, जसले जस्तोसुकै चरित्रमा पनि आफुलाई अब्बल साबित गरिन् । आफ्नो फिल्मी यात्रामा माधुरीले खन्ना खानदानका बाबु–छोरासँग काम गरिन् । उनले ‘दयावान’मा विनोद खन्नासँग दिएको अन्तरंग दृश्य अझैपनि कतिले सम्झिरहेका होलान् । त्यही माधुरीले विनोद पुत्र अक्षय खन्नासँग फिल्म ‘मोहब्बत’मा रोमान्स गरिन् । त्यसैगरी उनले ‘प्रेम ग्रन्थ’मा ऋषि कपुरसँग स्क्रिन शेयर गरेकी थिइन् । पछि, ‘ए जवानी है दिवानी’मा रणबीर कपुरसँग पनि उनले एक गीतमा कम्मर मकाइन् ।

श्रीदेवी

एकताका बलिउडमा श्रीदेवीको बर्चश्व रह्यो । उनले आफ्नो फिल्मी करियरमा देओल खानदानसँग रोमान्स गरिन । १९८९ मा सार्बजनिक भएको फिल्म ‘नाका बन्दी’ मा उनले धर्मेन्द्र देओलसँग काम गरेकी थिइन् । पछि ‘चालबाजा’मा धमेन्द्रका छोरासँग उनले रोमान्स गरिन् ।

अमृता सिंह

अमृता सिंह र सनी देओलबीच अफेयरको चर्चा त्यसबेला चल्यो, जब उनीहरु आफ्नो पहिलो फिल्म ‘बेताब’मा काम गरिरहेका थिए । यि फ्रेस जोडीलाई दर्शकले निकै रुचाए पनि । अमृताले उक्त फिल्म खेलेको ६ बर्षपछि ‘सच्चाई की ताकत’मा काम गरिन् । उक्त फिल्ममा उनी धर्मेन्द्रकी पत्नीको भूमिकामा थिइन् ।

त्यसो त डिम्पल कपाडियासँग पनि यि बाबु–छोराले रोमान्स गरेकी छिन् । डिम्पलले ‘मंजिल मंजिल’मा सनी देओलसँग काम गरेकी थिइन् । पछि ‘किस’ फिल्ममा धर्मेन्द्रसँग अभिनय गरिन् ।



सम्बन्धित
Loading...