लकडाउनका कारण समस्यामा परेका कोरस डान्सरलाई ‘बले’ को सहयोग
पोखरा, जेठ १६ ।
कलाकार सागर लम्साल ‘बले’ ले नेपाली चलचित्र तथा म्युजिक भिडियोमा कोरस डान्सको रुपमा नृत्य गर्ने कलाकारलाई राहत प्रदान गरेका छन् ।
सरकारले घोषण गरेको लकडाउनका कारण समस्यामा परेका करिब ५० जना डान्सरलाई सागर (बले¬) र शिखर दिप एग्रो प्रा.लिको सहकार्यमा राहात वितरण गरिएको हो ।
उनीहरुले डान्सरलाई १० के.जी चामल, २ किलो दाल र २ लिटर तेल प्रति व्यक्तिलाई वितरण गरेका हुन् ।
१ सय जनालाई वितरण गर्ने भनिएको राहतले धेरै दिनसम्म नपुग्ने हुनाले पहिलो चरणमा ५० जनालाई मात्र उक्त राहत वितरण गरिएको थियो ।
आफुहरुले बाँडेको राहत सकिए लगतै दोस्रो लटमा पनि सहयोग गर्ने उनीहरुको योजना छ ।
