कोरोना संक्रमितलाई अस्पताल ल्याउन एम्वुलेन्स चालकले नमानेपछि !




पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउपालिकामा कोरोना भाइरस संक्रमण पुष्टि भएका व्यक्तिलाई जिल्ला अस्पताल ल्याउन एम्वुलेन्स चालकले नमाने पछि स्थानीय एक युवाले आफैले एम्वुलेन्स चलाएर जिल्ला अस्पताल ल्याएका छन् ।

विनयी त्रिवेणी गाउपालिका ३ का १४ वर्षीय बालकमा कोरोना संक्रमणको पुष्टी भए पछि आज विहान जिल्ला अस्पताल डण्डा ल्याउनु पर्नेमा कुनै पनि एम्वुलेन्स चालकले नमानेपछि स्थानीय युवा आषिश जि.सी.ले आफैले एम्वुलेन्स चलाएर बालकलाई जिल्ला अस्पतालको आइशोलेशन कक्षमा ल्याएका छन् ।
करिव आधा दर्जन एम्वुलेन्सलाई फोन गर्दा पनि कुनै पनि एम्वुलेन्सले कोरोना संक्रमितलाई ल्याउन नमानेपछि वियनी त्रिवेणी गाउपालिका अध्यक्ष डम्वर वाहादुर जि.सी. का छोरा आषिश जि.सी आफैले पिपिइ लगाएर कोरोना संक्रमित वालकलाई एम्वुलेन्समा जिल्ला अस्पताल ल्याएका हुन् ।
एम्वुलेन्स चालकहरुले कारोना संक्रमणको डरले सुरक्षाको कारण देखाउदै सामान्य विरामिलाई समेत सेवा नदिएको पटक पटक गुनासो आउने गरेको छ ।
नवलपुरका स्थानीय तहहरुले कोरोना भाइरससँग सम्बन्धितका साथै सुत्केरी लगायतका विभिन्न ६ प्रकारका रोगीहरु बोके वापत एम्बुलेन्सलाई भुक्तान दिने गरेका छन् ।




विनयी त्रिवेणीको भानुदयमा माविमा क्वारेन्टिनमा बसेकाहरु भुईमा सुत्न बाध्य (भिडियो सहित)

सर्दीका १४ बर्षीय बालिकमा कोरोना संक्रमण पोजेटिभ

कावासोतीका दुई जनामा कोरोना भाइरस पोजेटिभ



सम्बन्धित
Loading...