यस्तो बन्यो गीतकार दुर्गा प्रसाद कडरियाको ‘दुई-चार साल पर्ख है सानु’ (भिडियो)
गीतकार दुर्गा प्रसाद कडरियाको नयाँ गीत सार्वजनिक भएको छ । गीतकार कडरियाको ‘दुई-चार साल पर्ख है सानु’ गीतको भिडियो आफ्नै युट्यूव च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।
‘दुई-चार साल पर्ख है सानु’ गीतलाई एलसी शर्माले स्वरबद्ध गरेका छन् । गीतलाई एसली शर्मा आफैले संगीतबद्ध पनि गरेका हुन् । त्यस्तै, गीतलाई शाहस शाक्यले एरेञ्ज गरेका हुन् ।
बाध्यताबस विदेशिएका युवकले आफ्नो पे्रमिकालाई आफूलाई कुरेर बस्नका लागि गरेका आग्रहलाई गीतकार कडरियाले जीवन्त शैलीमा प्रस्तुत गरेका छन् । हाल गीतकार कडरिया यूएईमा बस्दै आएका छन् ।