दिपकराजलाई कसले भन्यो ‘महानायक’ ?


सामाजिक संजाल केही दिनयता ‘महानायक’को बिषयमा गर्माएको छ । निर्देशक दीपाश्री निरौलाले ‘राजेश हमाल महानायक हो र ?’ भन्दै प्रश्न गरेपछि उनको चर्को आलोचना भैरहेको छ । उनले माफी मागिसक्दा पनि आम दर्शकले उनको आलोचना गर्न छाडेका छैनन् ।



दीपाको यो तर्क सार्वजनिक भएपछि कतिपय सामाजिक संजाल प्रयोगकर्ताले ‘दीपकराज गिरीलाई महानायक भन्नुपर्ने’ भन्दै दीपामाथि ब्यङ्ग्य पनि कसेका छन् ।

‘महानायक’को विवादमा आफू पनि तानिएपछि कलाकार तथा निर्माता दीपकराज गिरीले मुख खोलेका छन् । उनले लेखेका छन्–‘मेरो बाटो, मेरो लक्ष कहिले पनि महानायकको घरतिर मोडिएन । मेरो गल्ती विना नै मलाई जबरजस्ती महानायक बनाउनेहरुलाई धन्यवाद ।’




दीपकले आफू कलाकार भएदेखि नै हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त जस्तो बन्न चाहेको पनि उल्लेख गरेका छन् । दीपक अगाडि लेख्छन्–‘जब असत्य चिच्याई चिच्याई बोलेर भीड जम्मा गरिरहेको हुन्छ, सत्यले चुपचाप आफ्नो बाटो हिड्नु राम्रो ।’



सम्बन्धित
Loading...