कपिलवस्तुबाट आधा किलो सुनसहित दुईजना पक्राउ


मायादेवी गाउँपालिकामा आधा किलो अवैध सुनसहित दुईजना पक्राउ परेका छन्। वडा नम्बर ४ का ३४ वर्षीय पवनकुमार गुप्ता र उनकी १६ वर्षीया बहिनी प्रहरीले सुनसहित पक्राउ गरेको हो।



उनीहरुको साथबाट आधा किलो२४ क्यारेटको सुन र १८ क्यारेटको सुनको सिक्री एक थान र एक थान औँठी बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। लु ५६ प ६३१० नम्बरको मोटरसाइकलमा लैजाँदै गरेको अवस्थामा मायादेवी–७ बनकसीयाबाट उनीहरु पक्राउ परेका हुन्। बरामद गरिएको सुनको मूल्य ४२ लाख रुपैयाँभन्दा बढी हुने अधिकारीले बताए।

पक्राउ परेका गुप्ताको बसोबार भारतीय सीमावर्ती बजार अलिगडवामा समेत रहेको मायादेवीका एक स्थानीयले बताए।



सम्बन्धित
Loading...