प्रेस काउन्सिलले दियो पत्रकार महासंघ परासीलाई सामाग्री
परासी, असोज २९ । प्रेस काउन्सिल नेपालले बुधबार पत्रकार महासंघ पश्चिम नवलपरासीलाई संञ्चार सामाग्री हस्तान्तरण गरेको छ । बुधबार महासंघ कार्यालय परासीमा आयोजित एक कार्यक्रमका बीच काउन्सिलका मुख्य अधिकृत झविश्वर भुषालले संञ्चार सामाग्री हस्तान्तरण गरेका हुन्। काउन्सिलले एक टेलिभिजन सेट सहित, प्रेस ज्याकेज, संञ्चार उपयोगी पुस्तक हस्तान्तरण गरेको महासंघका सचिव राजकुमार रेश्मीले जानकारी दिए ।
कार्यक्रममा बोल्दै काउन्सिलका मुख्य अधिकृत भुषालले कोरोना महामारीका कारण धेरै संञ्चारमाध्यम र पत्रकार प्रभावित भएको बताउँदै यस तर्फ सरकारलाई ध्यानाकर्षण गराएको बताए । महामारीको बेलामा पनि नेपाली प्रेसले निभाएको भुमिका प्रशंसनिय रहेको उनले बताए।
पत्रकार महासंघका उपाध्यक्ष मालती न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघका पूर्व सभापति केशव पराजुली, कोषाध्यक्ष रवि पाण्डे लगाएतले बोल्दै कोरोना महामारीका कारण संञ्चार क्षेत्र निकै कठिन अवस्थामा रहेकाले यस तर्फ ध्यान पुर्याउन आग्रह गरे।