विद्युत् प्राधिकरण हेटौंडा–बर्दघाट प्रसारण लाइन आयोजनाका प्रमुख विरुद्ध मुद्दा


काठमाडौं, १२ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण हेटौंडा–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाका प्रमुख ईश्वरीप्रसाद जैसवालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।



प्राधिकरणका नवौँ तहका इञ्जिनीयर जैसवाललाई प्रसारण लाइनभित्र पर्ने रुख कटान गरी ढुवानी तथा घाटगद्दी कार्य सम्पन्न गरेको रकम भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग रु १० लाख घुस लिँदै गरेका अभियोगमा आयोगको टोलीले केही दिन पहिले पक्राउ गरेको थियो ।

https://www.youtube.com/watch?v=3JYnHYOA7IE




आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आरोपी जैसवालविरुद्ध बिगोअनुसारको कारवाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको हो । रासस

 

होङसी सिमेन्ट उद्योगका लागि विद्युत पुर्याउन भन्दै ५६ सय रुख काटिदै



सम्बन्धित
Loading...