नवलपुरमा ओली समूहको साइबर सेना
नेकपा (ओली समूह) निकट राष्ट्रिय युवा संघ नवलपुरको भेलाले सोमबार पछिल्लो समय चर्चामा रहेको साइबर सेना नवलपुरमा पनि गठन गरेको छ ।
भेलाले प्रविण सापकोटा संयोजक रहने गरी नवलपुरमा साइबर सेना गठन गरेको हो । जसको काम ओली समूहका राम्रा कामका सामाजिक सञ्जालमा व्यापक प्रचारप्रसार गर्ने हो ।
नेकपामा ओली र प्रचण्ड–नेपाल समूह विभाजन भएपछि ओली समूहले प्रचण्ड–नेपाल विरुद्ध साइबर सेना नै बनाएर सामाजिक सञ्जालमा आक्रमक रुपमा लागेको छ ।
साइबर सेनालाई पूर्व मन्त्री महेष बस्नेतले बधाई ज्ञापन गरेका थिए । नवलपुरको साइबर सेनामा गोपाल लामिछाने, नवराज राना, होमनाथ पौडेल, वियज भुर्तेल लगायत रहेका छन् ।
https://www.youtube.com/watch?v=OlGTb7G1PXg&list=UUdVEllX6-3RtSujuMJI-nBQ&index=2
