भारतमा प्रहरीकै वेबसाइट ह्याक, ६ घण्टा पछि रिकभर गरियो




छिमेकी देश भारतमा प्रहरीको आधिकारीक वेबसाइट नै ह्याक भएको छ । भारतको इन्दौ र पुलिसको आधिकारिक वेबसाइट ह्याक गरिएको बताईएको छ। विज्ञहरूले यसलाई ६ घण्टामा पुन: प्राप्ति गरे।

ह्याकरहरूले अतिरिक्त एसपी जोन २ का सबै अफिसरको नाम अगाडि मोहम्मद बिल्ला फ्री कश्मीर र पाकिस्तान जिंदाबादद्वारा ह्याक गरिएको लेखेका थिए। राज्यको डीजीपी र आईजी इन्दौरको प्रोफाइलको सट्टा भारतको तिरंगा झण्डा गलत ढंगले राखिएको थियो। यस बारेमा प्रहरीले तत्काल केही भन्न अस्वीकार गरेको छ। आरोपीको खोजी पनि जारी रहेको भारतीय मिडियाहरुले जनाएका छन् ।



मंगलबार ह्याकिङ्गको खबर पाउने बित्तिकै इन्दौर अपराध शाखाको साइबर टोलीले एक्सन लिएको थियो भने वेबसाइट पुन: प्राप्ति पछि ह्याकर्सको बारेमा जानकारी संकलन गर्न खोज्दै छन्। वरिष्ठ प्रहरी अधिकारीहरूले यस बारेमा केहि सार्वजनिक रुपमा बोल्न अनिच्छुक भएको बताईएको छ ।

मोहम्मद बिलाल नाम गरेको पाकिस्तानी ह्याकरले पहिले पनि भारतका वेबसाइटहरु ह्याक गरिसकेका छन् ।

मोहम्मद बिलाल नामका पाकिस्तानी ह्याकरले यसभन्दा अघि दिल्ली भाजपाको वेबसाइट पनि ह्याक गरेका थिए। नोभेम्बर २०१९ मा, दिल्ली भाजपाको वेबसाइटलाई पाकिस्तान र कश्मीर जिन्दाबाद पनि लेखिएको थियो।

पुलिसले उक्त वेबसाइटको छेडछाड गरिएको आईपी ठेगाना फेला पार्नका लागि पनि काम गरिरहेको छ। अहिले सो वेबपेजलाई पूर्ण रूपमा अवरुद्ध गरिएको मिडिया रिपोर्टमा उल्लेख छ।



सम्बन्धित
Loading...