अन्तराष्ट्रिय अन्तरिक्ष स्टेसन करिब ४५ मिनेट नासाको नियन्त्रण बाहिर


अन्तरिक्षमा रहेको अन्तराष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा बिहीबार ठूलो दुर्घटनाबाट बचेको छ। आईएसएस आफ्नो कक्ष (अर्बिट) मा जुन ठाउँमा रहनुपर्ने हो सो आफ्नो कक्षबाट करिब ४५ मिनेटसम्म बाहिर गएको थियो । रुसी मोड्यूलको गडबडीका कारण सो समस्या आएको बताईएको छ ।



तर पछि नासाको कन्ट्रोल सेन्टरमा रहेका फ्लाइट टिमले कन्ट्रोल थ्रस्टर्सको मद्दतले स्टेसनलाई त्यसलाई आफ्नै स्थानमा फिर्ता गरेको थियो । स्टेसन आधा डिग्री प्रति सेकेन्डको गतिले आफ्नो वास्तविक ठाउँबाट ४५ डिग्री बाहिर हटेको थियो ।

नासालेबताएअनुसार रुसी ल्याब्रोटरी मोड्यूल ‘नौका’ मा प्राविधिक गडबडी देखिएपछि सो घट्ना भएको थियो । नौका हालैमात्र आईएसएससँग जोडिएको हो । यसका जेट थ्रस्टर्स स्वचालितरुपमा संचालन भएको थियो । यसले गर्दा आईएसएस अमेरिकी स्पेस एजेन्सी नासाको नियन्त्रणबाहिर पुगेको थियो ।



“मिशन नियन्त्रण टोलीले सो कार्य सच्यायो र सबै प्रणालीहरु सामान्य रुपमा संचालित छन्,” अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले भनेको छ।

यो आईएसएसको अर्को मोड्युलमा थ्रस्टर्स सक्रिय गरेर गरीएको थियो।

आईएसएसमा हाल ७ जना अन्तरिक्ष यात्रीहरू रहेका छन् । जसमध्ये दुई रुसका दुई नासाका एक जापानी र एक यूरोपेली एजेन्सीका  सदस्यहरु छन् । तर अधिकारीहरूले अन्तरिक्ष स्टेशनमा रहेका सात चालक दलका सदस्यहरू कुनै खतरामा नपरेको बताएका छन् ।

आठ दिनको उडानपछि बिहीबार नौका मोड्युल आईएसएससँग डक भएको केही घण्टापछि नै खराबी भएको थियो ।

नौका इन्जिन अन्ततः स्विच अफ गरियो, स्पेस स्टेशन स्थिर भयो र यसको अभिमुखिकरण पुनः सुरु भएको ठाउँमा फिर्ता गरियो,’ नासाले भन्यो।

जति बेला यो घटना भयो, त्यतिबेला नासाले बोइङ सीएसटी–१०० स्टारलाइनर क्याप्सुललाई लञ्चका लागि काउन्टडाउन सुरु गर्नुपर्ने थियो। त्यो पनि आईएसएससँग जोडिनुपर्ने थियो । अब त्यसको प्रक्षेपणलाई अगस्त ३ मा तय गरिएको छ । स्टारलाइनरलाई फ्लोरिडाको क्यानेडी स्पेस सेन्टरबाट बोइङ लकहिड मार्टिन कर्प एटलस भी रकेटबाट लञ्च गरिनुपर्ने थियो ।

रसियाको अन्तरिक्ष एजेन्सी रोजकोसमोसले दिएको नौका मोड्युलमा थ्रस्टर्सको खराबीको कारण अहिलेसम्म पत्ता नलागेको र अनुसन्धान भईरहेको नासाले जनाएको छ ।



सम्बन्धित
Loading...