बालक हत्या आरोपमा पाँच जना पक्राउ




पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले बालक हत्या आरोपमा पाँचजनालाई पक्राउ गरेको छ ।

गत पुस २३ गते जगरनाथपुर-६ का १२ वर्षीय मन्टुप्रसाद कुर्मीको घाँटी थिचेर मारिएको अवस्था शव फेला परेको थियो ।




उक्त घटना संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेमा गरनाथपुर-६ का ६४ वर्षीय गोवारी राउत अहिर, ५५ वर्षीय नग राउत अहिर, ३२ वर्षीय शत्रुप्रसाद यादव, मनमोहनप्रसाद यादव र रोहनप्रसाद यादव छन् ।

उनीहरूलाई पर्साको छिपहरमाई गाउँपलिका-६ भिष्वास्थित नेपाल-भारत सीमा नाकाबाट पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

चारदिनपछि आमा र शिशुको शव आफन्तले बुझे

 

हुम्ला अस्पतालको प्रसूति गृहमा शल्यक्रिया गरिएकी महिला र नवजात शिशुको शव चार दिनपछि आफन्तले बुझेका छन् । शव वुझेसँगै आजै हिन्दू परम्परा अनुसार अन्त्यष्टि गरिएको छ ।

सिमकोट गाउँपालिका वडा नम्बर पाँचकी सलिना कामीको शल्याक्रिया पछि मृत्यु भएको थियो भने शल्यक्रिया गरेको दिन नवजात शिशुको मृत्यु भएको थियो ।

माइती पक्षले छोरीको मृत्यु भएको विषयमा बुझेरमात्र शव उठाउन दिने भनेपछि चार दिनसम्म शव उठेको थिएन ।

माइतीपक्ष सँग कुरा मिललेपछि आज कामीको शव आफन्तले बुझेर अन्त्यष्टि गरेका हुन् । हुम्लामा अस्पतालको प्रसूति गृहमा शल्यक्रियापछि बच्चा जन्माएकी सुत्केरीको पहिलो पटक मृत्यु भएको हो ।

हिमपातका कारण जुम्लाबाट मृतकका बाबु हुम्ला आउन नसक्ने भएकाले छोरीको शव उठाए फरक नपर्ने र माइती पक्षबाट कुनै किसिमको बाधा अड्चन नहुने भनेर जिल्ला प्रहरी कार्यालय जुम्लामार्फत मन्जुरीनामा पठाएकाले पोष्टमाटम गरेर शव आफन्तले उठाएका हुन् ।

जुम्लाको नच्दनाथ नगरपालिका–८ कोटीला माइत भएकी र्नकफ एक वर्ष अगाडि हुम्लामा विवाह भएको थियो । बच्चा जन्माउने क्रममा उनको निधन भएपछि माइती पक्षले घटनाबारे नबुझी शव उठाउन नदिने बताएपछि समस्या भएको थियो ।

 

 

भ्रष्टचार गरेको भन्दै वडा अध्यक्ष र सचिवलाई कालोमोसो

 

सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने

 

 

अरुणखोला दुम्किबास चोरमारा जंगलमा ५ वटा बाघ ! नरभक्षी बाघ पहिचानमा समस्या



सम्बन्धित
Loading...