करेन्ट लागेर एक वृद्धको मृत्यु

तनहुँ, माघ १० ।
करेन्ट लागेर तनहुँमा एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ऋषिङ गाउँपालिका–८ अजम्बरीका ७२ वर्षीय दल बहादुर राना रहेका छन् ।
सोमबार वनमा दाउरा खोज्न क्रममा करेन्ट लागेर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
अरुणखोला दुम्किबास चोरमारा जंगलमा ५ वटा बाघ ! नरभक्षी बाघ पहिचानमा समस्या
