६ बर्षीया बालिका बलात्कार गर्नेलाई जन्मकैद फैसला

चितवन १९ माघ । ६ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा जिल्ला अदालत चितवनले एक आरोपीतलाई जन्मकैद सजाय हुने फैसला गरेको छ।
न्यायधीश केशव अधिकारीको इजलासले माघ १८ गते मंगलबार आरोपीतलाई जन्मकैद सजाय हुने फैसला सुनाएको अदालतका श्रेष्तेदार ईश्वर आचार्यले जानकारी दिए।
कटारी नगरपालिका ६ घर भइ हाल भरतपुर महानगरपालिका वडा न ९ वस्ने ३८ वर्षीय दीपमानसिंह राईलाई जन्मकैदको फैसला भएको हो।
६ वर्षीया बालिकालाई जेठ २२ गते बलात्कार गरेको भनी जिल्ला प्रहरी कार्यालय चितवनमा पीडितको अभिभावकले उजुरी दिएका थिए।

आरोपित जेठ २४ गते नै भरतपुरबाट गिरफ्तार भएका हुन्। असार १७ गते चितवन अदालतमा मुद्दा दर्ता भएको थियो।
