कावासोती अटो चालक: मृतकको शव पोष्टमार्टम गरी आफन्तलाई बुझाइयो




नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा शंकास्पद मृत्यु भएको अवस्थामा भेटिएका अटो चालकको शवको पोष्टमार्टम भएको छ ।

पूर्वी नवलपरासीको कावासोती १३ गैरी नयाँ बस्तीका ५२ बर्षीय माधवप्रसाद गिरीको शव हत्या भएको जस्तो देखिने अवस्थामा मंगलबार कावासोती १३ बौनाहाको सिलहट घोलमा पानीको दलदलमा गाडेको अवस्थामा भेटिएको थियो ।




मृतकको शव बुधबार पोष्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले बताए । महर्जनले भने – शव मोटमार्टम भएर आफन्तको जिम्मा लगाइएको छ । पोष्टमार्टम रिर्पाट आउन बाँकी छ ।

महर्जनका अनुसार पोष्टमार्टममा खटिएका चिकित्सकहरुले रिपोर्टको अध्ययन गरेर प्रहरीलाई बुझाउन बाँकी रहेको छ ।

यसैबीच प्रहरीले नवलपरासीको कावासोतीमा शंकास्पद अवस्थामा मृत भेटिएका अटो चालकको घटनाको अनुसन्धानका क्रममा नवलपुर प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीका अनुसार प्रहरीले दुई जना पुरुषलाई नियन्त्रणमा लिएको छ ।

गिरीले भने – दुई जनालाई नियन्त्रणमा लिएका छौं । घटनाको बारेमा थप अनुसन्धानका लागि सहज हुन्छ कि भनेर सोधपुछका लागि नियन्त्रणमा लिइएको हो । पक्राउ परेका मध्ये १ जना घटनामा सम्लग्न रहेको अनुमान गरिएको छ ।

पूर्वी नवलपरासीको कावासोती १३ गैरी नयाँ बस्तीका ५२ बर्षीय माधवप्रसाद गिरीको शव हत्या भएको जस्तो देखिने अवस्थामा मंगलबार कावासोती १३ बौनाहाको सिलहट घोलमा पानीको दलदलमा गाडेको अवस्थामा भेटिएको थियो ।

ना २ ह ६१७३ नम्बरको अटो चालक हुन् । घटनाको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको छ ।

 

 

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रज्जवल महर्जनले घटना शंकास्पद भएको र घटनाको अनुसन्धान भईरहेको बताए ।

महर्जनले भने – ‘बाग्मती प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर मगाएर पनि अनुसन्धान थालेका छौं ।’

सोमबार राति एक जना अपरिचित युवकले घरमै आएर कावासोती जान छ भन्दै अटोमा गएपछि उनी वेपत्ता भएका थिए । अटोमा बोलाएर लैजानेको पनि पहिचान भईसकेको प्रहरी नायव उपरीक्षक गिरीले बताए ।

मृतकको शव पोष्टमाटर्मका लागि मध्यविन्दु जिल्ला अस्पताल पठाइएको र पोष्टमार्टम रिपोर्ट आएपछि घटनाको बारेमा थप पुष्टि हुने महजर्नले बताए ।

मृतकको अनुहारमा चोट लागेको छ । घटना स्थलदेखि केही पर बाटोमा अटो भेटिएको थियो । घटना स्थल वरपर सिक्री, २ थान मोबाईल र जुत्ता फेला परेको छ ।

 

सम्बन्धित समाचार

अटो चालक हत्या अपडेटः अनुसन्धानका लागि दुई जना नियन्त्रणमा

कावासाेतीमा अटाे चालककाे हत्या, घटनाकाे अनुसन्धान हुँदै

अटो चालक शंकास्पद घटनाः कुकुर मगाएर अनुसन्धान थालिने 

अटो चालक हत्या अपडेट, मृतकको शव पोष्टमार्टमका लागि पठाइयो



सम्बन्धित
Loading...