२ लाख ८२ हजार रुपैयाँसहित ८ जुवाडे पक्राउ




दाङको शान्तिनगरबाट प्रहरीले दुई लाख ८२ हजार तीन सय रुपैयाँ नगदसहित आठ जुवाडेलाई पक्राउ गरेको छ ।

शान्तिनगर पाउँपालिका ५ मा रहेकाे निराजन मल्लको घरमा जुवा खेलिरहेका अवस्थामा दुई लाख ८२ हजार तीन सय रुपैयाँ नगदसहित आठ जना जुवाडेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।




पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका ७ का प्रमोदकुमार खड्का, निराजन मल्ल, उत्तम डाँगी, रमेश रावत, बइई गाउँपालिका ४ का बलिराम खत्री रहेका छन् ।

यस्तै तुलसीपुर उपमहानगरपालिका ९ का राजेशकुमार बोहरा, वडा नं. १० का ध्रुव शाह र भारत बिहार घर भइ शान्तिनगर गाउँपालिका ५ बस्दै आएका हजरत अली पनि पक्राउ परेका छन् ।

 

 

प्रहरीले उनीहरूको साथबाट विभिन्न कम्पनीका १० थान मोबाइल र एक बुक तास बरामद गरेको छ ।

 

घुससहित वडा सचिव पक्राउ, कांग्रेस वडा सभापति हातहतियार खरखजनामा पक्राउ



सम्बन्धित
Loading...