अटो चालक हत्याका मुख्य अभियुक्तलाई कावासोती ल्याइयो, पोष्टमार्टम रिपोर्टमा मृत्युका कारण खुलेन


 



रामकुमार श्रेष्ठ –
नवलपुर । गत साता कावासोती नगरपालिका १३ गैरी निवासी अटो चालकको हत्यामा संलग्न मुख्य अभियोग लागेका पृथ्वी भुजेललाई जिल्ला प्रहरी झापाको समन्वयमा भारतबाट पक्राउ गरिएको छ ।




गत माघ १७ गते अटो चालक ५२ वर्षीय माधव गिरीको उनको घरदेखि करिब ८ सय मटिर पर घोलको दलदलमा गाडिएको अवस्थामा शव भेटिएको थियो ।

गिरीलाई घरबाट लिएर गएका भुजेल घटना लगतै फरार रहेको र उनी भागेर भारत पुगेका कारण पनि प्रहरीले भुजेललाई हत्याका मुख्य अभियुक्त आशंका गरेको छ ।

दुवै जनाले साँझ सँगै मदिरा पिएको र त्यसै राति गिरीको हत्या भएको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पत्ता लगाएको छ ।

मृतकका छोरा अनिल गिरीले भुजेललाई हत्याका मुख्य आरोपी मानेर जिल्ला प्रहरी कार्यालय नवलपुरमा किटानी जाहेरी समेत दिएका थिए ।

 

हत्या भएपछि फरार भएका भुजेललाई भारतबाट पक्राउ गरेर बुधबार झापामा ल्याइएको थियो । भुजेललाई विहीबार साँझ कावासोती ल्याइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले बताए ।

जिलला प्रहरीले चालक हत्यामा संलग्न रहेको भन्दै खोजी गरिरहेका गिरी मृतकका सँगै खानेखेल्ने साथी समेत भएको बुझिएको छ ।

दवै जना मजदुर रहेकाले दुवैको राम्रो चिनजान रहेको हत्या भएको दिन गिरीले भुजेल र उनका आफन्तलाई अटोमा कावासोतीबाट घर सम्म लगेको समेत खुलेको छ । स्रोतका अनुसार उक्त क्रममा अटो भाडामा सामान्य विवाद समेत भएको थियो ।

कावासोती नगरपालिका वडा नम्बर १३ गैरी गाउँका ती अटो चालकको हत्या गरेर घोलको हिलोमा पातले छोपिएको अवस्थामा शव भेटिएको थियो ।

प्रहरीले यस अघि घटनाका अनुसन्धानका लागि स्थानीय २ जनालाई नियन्त्रणमा लिएको थियो । पृथ्वी भुजेल नवलपुर आइपुगेपछि उनीहरुको घटनामा सम्लग्नता रहे नरहेको यकिन हुने प्रहरी स्रोतले जनाएको छ ।

ती अटो चालकको आफ्नै घरबाट करिब ८ सयमिटर उत्तरमा उनको शव अघिल्लो मंगलबार बिहान भेटिएको थियो । प्रहरीले तालिम प्राप्त कुकुर प्रयोग गरी अनुसन्धान गरेको थियो ।

घटना भएकै दिनदेखि फरार रहेका भुजेललाई प्रहरीले निरन्तर खोजी गरिरहेको थियो ।

गत १८ गते बिहान गाउँमा दुध छोड्न हिँडेका व्यक्तिले बाटोमा अटो पल्टिएको देखेपछि गाउँमा खबर पुगेको थियो र प्रहरीलाई जानकारी गराइएको हो ।

त्यतिखेर घटनास्थल वरपर सिक्री, २ थान मोबाइल र जुत्ता फेला परेको थियो । घटनाको अनुसन्धानका लागि पक्राउ परेका भुजेलका आफन्तले घटनाको दिनमा भुलेज पनि सँगै रहेको बयान दिएको प्रहरी श्रोतको भनाइ छ ।

शव पानीमा गाडेपछि हत्यारा पत्ता लगाउन कठिन हुने मनसायले त्यसो गरेको हुन सक्ने प्रहरीको भनाइ छ । स्थानीयका अनुसार भुजेल जीविकोपार्जनका लागि ज्याला मजदुरी गर्दथे ।

पोष्टमार्टम रिपोर्टमा मृत्युको कारण खुलेन

अटो चालक माधव गिरी मृत्युको कारण पोष्टमार्टम रिपोर्टमा नखुलेको उल्लेख गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीका अनुसार पोष्टमार्टम रिपोर्टमा गिरीको मृत्युको कारण यकिन नभएको उल्लेख गरिएको छ ।

पोष्टमार्टम रिपोर्टमा यकिन नभएका कारण थप अनुसन्धानका लागि भिसरा परीक्षणका लागि यस अघि नै पठाइसकिएको गिरीले बताए ।

 

 

अटो चालक हत्या अपडेटः अनुसन्धानका लागि दुई जना नियन्त्रणमा



सम्बन्धित
Loading...