एमसीसी पास भए लगतै बढायो अमेरिकाले हस्तक्षेप, राजदूत बेरी खनिए नेपाली मिडियामाथि


 



एमसीसी पास भए लगतै अमेरिकाले नेपालमाथि हस्तक्षेप शुरु गर्न थालेको छ ।

नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले घुमाउरो भाषामा सञ्चालमाध्यको भ्रामक प्रचारको पछि नलाग्न भन्दै एमसीसी सम्झौताको बचाउ गरे ।



उनले कोभिडमा सञ्चारमाध्यमको गलतप्रचारका कारण धेरैले ज्यान गुमाएको र स्थानीय चुनावमा पनि गलत प्रचार हुने सक्ने भन्दै सञ्चारमाध्यममाथि दोष थुपारेर घुमाउरो भाषामा एमसीसीको विरुद्ध आएको प्रचारको पछि नलाग्न भने ।

अमेरिकाको पहिलो आक्रमण नेपालको सञ्चारमाध्यममाथि हुने देखिएको छ ।

 

स्थानीय तहको आगामी निर्वाचनका लागि नेपाल मतदाता अधिकार मञ्चद्वारा आयोजित तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै उनले चुनावका समयमा आउन सक्ने भ्रामक सूचना र मिथ्या दुष्प्रचारबाट जोगिन सबैलाई सचेत र सजग हुन सुझाव दिएका हुन् ।

निर्वाचनसँग सम्बन्धित भ्रामक र मिथ्या सूचनाको पहिचान र रोकथाम गर्न समाजका सबै पक्ष सचेत र सजग हुन आवश्यक रहेको बताउँदै उनले यस्ता दुष्प्रचारले अनलाइनलगायत सामाजिक सञ्जाललाई विचलन ल्याउने मात्र नभई निर्वाचन र लोकतन्त्रलाई हानी पुर्‍याउने धारणा व्यक्त गरे।

 

राजदूत बेरीले भने, ‘भ्रामक सूचना र दुष्प्रचारले नेपाललाई प्राप्त हुने वास्तविक प्रतिफलको क्षमता समेतमा असर पार्छ, कोभिड–१९ खोपबारे मिथ्या सूचनाका कारण अमेरिका लगायतका मुलुकले ठूलो क्षति व्यहोर्न पर्‍यो। धेरै मानिसको अकालमा ज्यान गयो।’

भ्रामक र गलत सूचनाका सन्दर्भमा नेपालको अनलाइनको अवस्था चिन्ताजनक रहेको उल्लेख गर्दै राजदूत बेरीले भने, ‘गलत सूचनाले मतदाताको सुसूचित गर्ने राजनीतिक क्षमतालाई समेत कमजोर तुल्याउँछ।’

निर्वाचनका समयमा सूचनाको आधिकारिकताबारे विश्वासिलो पुष्ट्याई नभएसम्म अरूलाई सेयर नगर्न उनले सुझाव दिए।

 

उनले अरू कयौं देशले शताब्दीमा गर्न नसकेको राजनीतिक रूपान्तरण नेपालले छोटो समयमै हासिल गर्न सफल भएको उल्लेख गरे।

 



सम्बन्धित
Loading...