कतारले दिएको आममाफीमार्फत १४ हजारभन्दा बढीले आफ्नो कानूनी अवस्था सच्चाए


 



काठमाण्डौ – कतार सरकारले गैर कानूनीआप्रवासीलाई आफ्नो कानूनी अवस्था सच्चाउन दिएको आममाफी अवसरको नेपालीसहित विभिन्न देशका १४ हजारभन्दा बढीले फाइदा लिएका छन् ।

 

कतारको आन्तरिक मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै कतार सरकारले दिएको आममाफी अवसरको सदुपयोग गर्दै कतारमा गैर कानूनीरूपमा बसोबास गरिरहेका १४ हजारभन्दा बढीले आफ्नो कानूनी हैसियत सच्चाएको जानकारी दिएको हो ।

 




कतार सरकारले सुरुमा गएको वर्षको अक्टोबर महिनादेखि डिसेम्बरसम्मको समय दिँदै गैर कानूनीरूपमा कतारमा बसोबास गरिरहेका विदेशी नागरिकलाई आफ्नो कानूनी हैसियत सच्चाउन अवसर दिएको दियो । तर यो समय मार्च ३१ सम्म बढाएको  छ ।

 

कतार सरकारका अनुसार अहिलेसम्म नेपालीसहित विभिन्न देशका नागरिककाे २८ हजार ४७६ निवेदन प्राप्त भएको छ । जसमध्ये ८ हजार २२७ जनाले कुनै सजाय र जरिवाना नतिरीकनै कतार छाडेको र ६ हजार जनाले तोकिएको आधा जरिवाना तिरेर कानूनीअवस्था सच्चाएर कतारमै बसेका छन् । बाँकीकाे भने आवश्यक प्रक्रिया भइरहेको छ ।

 

कतारले विभिन्न कारणले ९० दिनभन्दा बढी बिना भिसा र आइडी बिना कतारमा बसेकालाई अवैधानिक र अनौपचारिक मानेको छ । तर कतार सरकारले दिएको यो अवसरको नेपाली श्रमिकले समेत फाइदा लिएका छन् ।

 

मलेसियाबाट फर्केर व्यवसायिक वयर खेती, बार्षिक १० लाख आम्दानी

 



सम्बन्धित
Loading...