अष्ट्रेलियामा एक नेपाली विद्यार्थीको निधन

अष्ट्रेलिया । अष्ट्रेलियामा एक नेपाली विद्यार्थी मृत फेला परेका छन् ।
वेन्टवर्थ इन्सिच्यूटमा उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया आएका काठमाडौं गल्फुटारका सुजन बस्नेत मृत फेला परेका हुन् ।
दुई महिना अघि मात्रै अष्ट्रेलिया आएका बस्नेत अर्वनस्थित आफ्नै कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ । मृत अवस्थामा उनको शव लिडकमस्थित शवगृहमा राखेको छ ।
गैरआवासीय नेपाली संघ अष्ट्रेलिया न्यूसाउथवेल्स राज्य समितिका सचिव विनोद कुँवरले बस्नेतको शव नेपाल पठाउन गोफन्डमी मार्फत सहयोग संकलन गरिएको जानकारी दिएका छन् ।
परिवारको आग्रहमा बस्नेतको शवलाई नेपाल पठाउन पहल गरिरहेको उनको भनाइ छ ।
गोफन्डमी मार्फत १० हजार डलर संकलन गर्ने लक्ष्य रहेको पनि उनले जानकारी दिए । Source: MNTV Australia
