दुनियाको प्रतिस्पर्धी शिक्षा नेपालमै विकास गर्न सकिन्छ – पूर्व प्रधानमन्त्री ओली


 



नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दुनियाको प्रतिस्पर्धी शिक्षा हाम्रै देशमा विकास गर्न सकिने बताएका छन् ।




नवलपुरको कावासोतीमा रहेको मध्यविन्दु बहुमुखी क्याम्पसको १६औं बार्षिकोत्सव तथा अभिभावक दिवश समारोहमा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उनले भने – ‘हामि हाम्रै देशमा दुनियाको प्रतिस्पर्धी शिक्षा हामि हाम्रो देशमा विकास गर्न सक्छौ । जसका लागि हामिले ईटा राखिसकेका छौँ । शिलान्यास गरिसकेका छौँ । ’

एमाले अध्यक्ष ओलीले  देश विकास कसरी गर्ने भन्ने बाटो लिईसकेको जिकिर गर्दै – शिक्षा, स्वास्थ्य , उद्योग ,व्यापार विद्युतीकण जस्ता जुनसुकै क्षेत्रको विकास गर्ने बाटो हामिले लिईसकेका छौँ । हामिसंग देश विकासको भिजन छ त्यसै कारण हाम्रो राष्ट्रिय आकाङछा भनेको सुखी नेपाली समृद्ध नेपाल हो ।

यस्तै पूर्व प्रधानमन्त्री ओलीले शिक्षक , विद्यार्थी , अभिभावक लगायत सबै क्षेत्रमा काम गर्नेलाई आधुनीकिकरणको बाटो अप्नाउन आग्रह गरे । हरेक क्षेत्रमा काम गर्नेहरुले अब आधुनीकिकरणको बाटो , प्रविधी प्रयोग गर्ने बाटो, पछौटेपनलाई हटाउने बाटो , स्वरोजगार सृजना गर्ने बाटो अबलम्बन गर्नुपर्नेमा उनको जोड थियो ।

उनले आफु प्रधानमन्त्री हुँदा भएका विकासका बारेमा समेत जानकारी गराए । नवलपुरको फलाम खानी , नमुना सदरमुकाम , नारायणगढ – बुटवल सडक विस्तार , कालीगण्डकी करिडोर आफ्नै पालामा बनेको उनले स्मरण गरे ।

यस्तै उनले मझीलाल थारु थनेतको नाममा दुई लाख रुपैँयाको अक्ष कोष स्थापनाको घोषणा समेत गरे । आफुले अध्यक्ष कोषका लागि दुई लाख उपलब्ध गराउने , क्याम्पसले त्यसको वितरणको प्रकृया आफैँ मिलाउने जानकारी गराउए ।

यस्तै ओलीले क्याम्पसको पुस्तकालय भवन र प्रशासनिक भवनको समेत उद्घाटन गरेका थिए ।



सम्बन्धित
Loading...