पल शाह र नाबालिगबारे भ्रामक सामग्री प्रसारण गरेको आरोपमा थप दुई युट्युबर पक्राउ


 



चलचित्र अभिनेता पल शाह प्रकरणमा अनर्गल सामग्री प्रसारण गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले थप दुईजना युट्युबरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाल मिडिया नामका युट्युब च्यानलका सञ्चालक  हरि उदासी भन्ने हरि परियार र विशाल नेपाल युट्युब च्यानलका सञ्चालक निशान चिलवाल छन् ।

 




काठमाडौंका भीमढुङ्गा घर भएका हरि उदासी फिल्म निर्देशक पनि हुन् । लमजुङको राईनास नगरपालिका घर भएका २७ वर्षीय चिलवाल काठमाडौंको तारकेश्वर नगरपालिका–४ बस्दै आएका छन् । उनीहरु विरुद्ध विद्युतीय कारोबार ऐन–२०३३ को कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको साइबर ब्यूरोका एसएसपी नविन्द अर्यालले रातोपाटीलाई बताए । युट्युबरले अभिनेता पल शाह र बलात्कृत नाबालिकाको सम्बन्धबारे अनर्गल सामग्री प्रसारण गरेको आरोप छ ।

 

फागुन २३ मा ब्यूरोले स्लेब नेपाल युट्युब च्यानलका सञ्चालक राहुल थापालाई पक्राउ गरेको थियो । उनीविरुद्ध प्रहरीले ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।



सम्बन्धित
Loading...