डिशहोमले ‘रगतका कथाहरू’ शीर्षकमा सिरिज बनाउने




प्रकाशित मिति : फाल्गुन २६, २०७८ बिहीबार

डिशहोमले ‘रगतका कथाहरू’ शीर्षकमा नयाँ सिरिज निर्माण गर्ने भएको छ ।
यो सिरिजको पहिलो सिजनमा १३ श्रृंखलाहरू हुने र प्रत्येक श्रृंखलामा फरक फरक कथावस्तु समेटिने जनाइएको छ ।
डिश मिडिया नेटवर्क र दृश्यालय सिनेमा प्रालिको संयुक्त प्रस्तुतिमा बन्न लागेको यस श्रृंखलाको सम्झौतापत्रमा डिश मिडिया नेटवर्कका तर्फबाट प्रवन्ध निर्देशक सुदीप आचार्य र लेखक÷निर्देशक किरण बिकले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
यस सिरिजमा युबिना भट्टराई, सहारा कोइराला, राजकुमार दर्जी, प्रेम अधिकारी जेनिथ, नुतन, अस्मिता खनाललगायतको अभिनय रहनेछ भने गोपाल आचार्य सह–निर्देशनमा छन् । साथै स्क्रिनप्ले सावित्री रसाइली र समानता गौतमको हुने जनाइएको छ ।






सम्बन्धित
Loading...